दैलेख एतिहाँसि जिल्ला हो । विभिन्न जातजातीको उद्गम सँगै दैलेखमा नेपालभरी नमनाएका पर्वहरु मनाउने गरिन्छ । यहाँको सँस्कृति, परम्परा र दैलेखका ऐतिहाँसिक मह्त्वका बस्तुहरुलाई विभिन्न माध्यामहरुबाट प्रचार प्रसारमा ल्याउनुपर्ने देखिन्छ ।
भाद्र महिनाभरी सुरु हुने एक महिने बर्षे मेला अन्तरगत दैलेखमा पनि गाई जात्रा टाकटुके, रोपाँई जात्रा, बाघ जात्रा लगायतका जात्राहरु संचालन भैरहेका छन् ।
दैलेखका कला सँस्कृतिहरुलाई विभिन्न हिसावले पहिचान गर्दै दैलेखलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्नुपर्ने आवश्यकतालाई महसुस जिल्लाका नागरिकहरुले गरिरहँदा सरकार भने दैलेखको बारेमा मुखदर्शक भएर बस्ने गरेको छ ।
विभिन्न कला सँस्कृतिहरु संरक्षण र प्रचार प्रसार नभएर ओझेलमा परिरहेका बेला जिल्लामा सयौं बर्ष पुरानो बर्षेमेला संचालन गरेर युवाहरुले यसको जगेर्ना गरिरहेका छन् । भाद्रकृष्ण अष्टमीसम्म मनाइने गाईजात्रा पर्व काठमाण्डौ उपत्यकाका तीन वटै सहर देशका विभिन्न जिल्लाहरु सँगै दैलेखमा पनि बिशेष रुपमा मनाउने गरिन्छ । ईतिहाँसको रक्षा गर्दै जिल्लाको हराउँदै गएको मौलीकता जोगाउनका लागि स्थानीय निकायहरुले गर्नुपर्ने प्रयासमा कमी देखिएको छ यसका लागि सम्वन्धित निकायहरु र आम सर्वसाधारण नागरिकहरुले अँझै पहल गर्नुपर्ने देखिन्छ ।








