तराईको आनदोलन र नेताहरुको मानसिकता

    सिमाँकनको बिषयलाई लिएर अहिले     तराईमा भिन्न भिन्न खाले आन्दोलनहरु   भैरहेका छन् । बारा पर्सा र बिरगंजमा देखिएको तनाव अहिलेसम्म सामान्य हुन सकेको छैन् ।थारुहट आन्दोलनसँगै देखिएको टिकापुरको आन्दोलन पनि अहिलेसम्म सान्त हुन सकेको छैन् । विगतदेखि एउटै छहारीमा बसेका नेपाल र नेपालीहरुको सद्भाव यसपाली पुनः बिवादमा परेको छ । एकले अर्कोलाई सहयोगको भावनाले हेर्ने प्रचलन अहिलेको सिमाँकनको बिवादले दुरी बढाएको छ । सामाजिक सद्भाव सँगै सारा नेपालीहरुको भाग्य र भविष्य माथि बिभिन्न खाले समस्याहरु पर्दै गएका छन् । तराई र पहाडका विभिन्न भू भागहरुमा सबैखाले भेषभुषा रहन सहन लगायतका मानिसहरुको बसोवास भएको नेपाल र नेपालीहरुको मौलीकतामाथि प्रश्न चिन्ह खडा भएको छ ।
तराईमा देखिएको आन्दोलन र त्यसपछि देखिएको समस्या समाधानका लागि तराईमा आन्दोलन गर्ने अगुवा नेताहरुको मानसिकता समेत अहिले फरक भएको छ । आन्दोलनलाई शान्तिपुर्ण बनाउन लाग्नुको साटो उल्टै सदभाव बिगार्ने खालका कामहरुमा नेताहरुले देखाएको भूमिकालाई मध्यनजर गर्दै अवका दिनहरु शान्तिपुर्ण बनाउनुपर्ने देखिन्छ । दरिद्र मानसिकता त्यागेर देशको समुन्नत भविष्य निर्माण सँगै शान्ति र संविधान निर्माणमा लागौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार