अन्ततः लामो समयको प्रतिक्षा पश्चात जनताहरुले नयाँ संविधान पाउने भएका छन् । संविधान सभाको कुरा उठाएको मितिलाई हेर्ने हो भने करिव ७० बर्ष लामो संघर्ष भनेर बुझ्नु पर्दछ । सुरुवात देखिका दिनहरु भन्दा पनि एमाओवादीले संचालन गरेको दश बर्षे जनयुद्ध, साही शासनकाल र त्यसपछिका केही सम्झौता पछि भएको राजतन्त्रको अन्त्यले मुलुकले केही नयाँ प्रगती गरेको छ । जनताको छोरा राष्ट्रपति हुने कुरादेखि जनताका विभिन्न अधिकारहरुका बारेमा संविधानले गरेको व्यवस्थालाई लिएर भन्दा केही आफ्ना स्वार्थहरु पुरा गर्नका लागि गरिएका विभिन्न आन्दोलनहरुको सम्बोधनका लागि सरकार लचिलो बनिरहेका बेला झनै संकट थप्ने कामहरु समेत अहिले भएका छन् ।
सरकारलाई संकटमा पारेर नेपालमा संविधान जारी गर्न नदिने षडयन्त्र बोकेका केही शक्तिहरुलाई यसपाली नेपालका नेताहरुले निकै सवक सिकाएका छन् ।
नेपाल नेपाली र नेपालको राष्ट्रियता माथि गम्भिर समस्या उत्पन्न भएका बेला केही शिर्ष नेताहरुले देखाएको सद्भावले पक्कै पनि देशको लागि थप नयाँ उर्जा बनेको छ । आगामी दिनहरु पनि यसैगरी दलहरुले शान्ति र संविधान घोषणा पश्चात यसको कार्यान्वयन तर्फ अगाडी बढ्नुपर्ने देखिन्छ ।








