माथिल्लो कर्णाली आयोजना ध्यान दिए निकाशमा सहजता हुनसक्छ

हेर्दा र बोल्दा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी जति सहज देखिन्छन् त्यती सहज छैन भारतीय बिदेश नीति । अंग्रेजहरुले धेरै बर्षसम्म शासन चलाएर उपनिवेश बनेको भारतले नेपाल जस्ता मुलुकहरुलाई सँधै आफ्नो नजिकको उपनिवेश क्षेत्रको रुपमा हेर्छ भन्ने कुरा कँही कतैबाट लुकाएर लुक्नेवाला छैन् ।
नेपालको संसदमा आएर नेपालको पानी र जवानीको उखान हाल्दै भारतले नेपालको पानीमा देखाएको गिद्देदृष्टिलाई हाम्रा नेताहरुले ताली बजाएर स्वागत गरे । नेपालमा आएर नेपाल बुद्धको भूमि भन्ने र अन्य ठाउँमा गएर भारत बुद्धको भूमि भन्ने सम्मका अभिव्यक्तिहरु आएको बिभिन्न संचार माध्यामहरुमा हामीले सुनैकै कुरा हुन् ।
अहिले नेपालमा संविधान जारी भैसकेको छ । यो वा त्यो बाहनामा हाम्रा समस्याहरु माथि आफ्नो अनुकुल स्वार्थ खोज्दै भारतले अघोषित नाकाबन्दी गर्दै गर्दा दैलेखको भूमिबाट बगेको माथिल्लो कर्णाली आयोजनामा भारतीय कम्पनीले सिधै भारतमा उज्यालो बनाउका लागि ९ सय मोगावाट बत्ती निर्माण गर्ने कार्य थालनी गरेको छ । काम धमाधम भैरहेको छ तर हामी भारतकै नाकाबन्दीमा पिल्सिएका छौं । हामीलाई चासो हुनुपर्ने हो कि होईन् । किनकी हामी पनि केही न केही स्वार्थमा जोडिएकै कारण देश गुलाम हुँदा पनि बोल्न सक्दैनौं ।
खस्किएको नेपालको राष्ट्रियता जोगाउने अभियानमा दैलेखका नागरिकहरुले उठाएको महत्वपुर्ण कदमले कँही कदै ईतिहाँसको पानामा उल्लेख हुन सक्ने संभावना पनि त्यतीकै छ ।
केही दैलेखी यूवाहरुले भारतीय कम्पनी जिएमआरको काम रोख्ने भन्दै अभियान संचालनमा ल्याएका छन् ।
दैलेखमा निर्माण थालिएको माथिल्लो कर्णाली जलविद्युत आयोजनामा काम रोकेर मात्र नभै बिशेष रुपमा हाम्रो जलस्रोत माथिको आफ्नो अधिकारको खोजी गर्न भेरी कर्णालीका जनताहरु तातीनुपर्ने देखिन्छ । सरकार सम्हालेका हरुले विगतमा गरेका निर्णयहरु एकपट उल्टाउने अभियानमा लाग्नुपर्दछ । माथिल्लो कर्णाली आयोजना नेपाल सरकार वा नेपालीहरु आफै बनाउँछौं भन्ने अभियान मात्रै चलाएको खण्डमा भारतले गरेको अघोषित नाकाबन्दी ठेगानमा आउने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार