नाकाबन्दी बन्द र खुल्ला नाटक मात्र

     नेपालमा लगाईएको अघोषित नाकाबन्दीका बारेमा देशभर आन्दोलन सँगै भारत सरकारको बिरोध भैरहेको छ । नेपाल जस्तो कम बिकसित तर सार्वभौम सत्ता सम्पन्न मुलुकमा आफुहरुको अनुकुल र प्रतिकुल  राजनीतिक बातावरण खोज्ने भारत सरकारको भित्रि चाहनाका बारेमा अहिले नेपालमा मात्र हैन बिदेशमा समेत भारतप्रतिको दृष्टिकोणको भिन्न भिन्न तरिकाबाट व्याख्या र बिश्लेषण हुँदै आएको छ ।
भारतमा बसोवास गर्ने धेरै बौद्धिक व्यत्तित्वहरुले समेत भारत सरकारले नेपालप्रति गरेको नाकाबन्दीको घोर बिरोध सँगै भत्र्सना गरेका छन् । बिभिन्न बिज्ञप्तिहरु मार्फत नेपाल र नेपालीहरुमाथि अन्याय भएको भन्दै पहिला नेपालबाट गएका हाल भारतमा बसोवास गर्ने पत्रकार, नागरिक समाज लगायतले बिरोध सुरु गरेका छन् ।
अहिले भारतका विभिन्न नाकाहरुबाट देखावटी रुपमा पेट्रोलियम पदार्थहरु छोडिएका खवरहरु बाहिर आए पनि ठोस रुपमा भारतले अँझै नाकाबन्दी खालेको देखिदैन् । नेपालगंज नाकाको रुपमा रहेको जमुनाहा चौकीमा अहिलेसम्म नाका खुलाईएको छैन् । आफ्नो देशबाट नेपाल ल्याउन लागिएका आलु र अन्य तरकारी जन्य सामानहरु कुहिन थालेपछि बाहनाका रुपमा एक दुईवटा ट्रक नाकाबाट भित्राउने बाहना मात्रै गरेको देखिन्छ ।
संविधान निर्माण पश्चात नेपालमा बिगतका दिनहरुमा गरिएको तीन दलको सहमतीलाई उल्टाउने अभियान भित्रि रुपमा देखिएको बिभिन्न बिश्लेषकहरुले अनुमान गरिरहेका छन् । जहिलेपनि आफ्नो अनुकलको व्यवस्थापन गर्नुपर्ने सर्त नामा राख्दै आएको भारत     सरकारसँग यसपाली नेपाल नेताहरुले देखाएको बहादुरी र नेपालको संबिधान जसरी शान्ति पुर्ण रुपमा लागु  गरिएको त्यसको रिसमा भारतले गरेको अघोषित नाकाबन्दी अहिलेका सवै पुस्ताहरुले हेरिसकेका छन् ।
सिमा सुरक्षाको बाहनामा भित्रि चाहना पुरा गर्ने नाटक मञ्चन गरिरहेको छिमेकी शक्तिका सामु नेपालले धेरै कुरा गर्न नसकेपनि आफ्नो स्वाभिमान, राष्ट्रियतालाई जोगाई राख्नका लागि नेपालका नागरिकहरु सक्षम र सवल हुनुपर्ने देखिएको छ । अर्काको नौटंकी भित्र             रमाउनुभन्दा आफ्नै देशको उर्वरा भूमिका परिश्रम गर्नुपर्दोरहेछ भन्ने गतिलो पाठपनि यसपालिको नाकाबन्दीले नेपालीहरुलाई सिकाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार