देश संकटमा परेको छ । देशलाई संकट परेका बेला हिन्दुहरुको महान पर्व बडादशै पनि नजिकिदै आएको छ । हरेक नेपालीहरुले निकै हर्ष र उल्लासका साथ मनाउने बडादशै पर्वको महिमा समेत भिन्न छ ।
बर्षभरी बिभिन्न कामको सिलसिलामा बाहिर गएका दाजु भाई दिदिबहीनी सबै एकै स्थानमा अँझै आफ्नो पुर्खाको घर वा जन्मघरमा जमघट हुने , ठूलाबाट आर्शिबाद लिने, टिका लगाउने र रमाईलो गर्ने बिशेष पर्वलाई समेत अहिले छिमेकी मुलुकले देखाएको रवैयाले केही समस्या हुने देखिएको छ । यसलाई मध्यनजर गरि नेपालीहरु बडादशै निकै शान्त र भद्र तरिकाले मनाउनुपर्ने देखिएको छ ।
लगातारको नाकाबन्दीका कारण पहाडी जिल्लाहरुमा पनि सामान्य प्रभाव देखिएको छ बिशेष गरेर भारत लगायतका मुलुकहरुमा काम गर्न जाने अनि दशै तिहार लगायतका चाडपर्वहरुमा घरमा फर्कने पुरानै प्रचलन अहिले पनि कायमै रहेको छ । सरकारका केही मन्त्रीहरुले गरेको नराम्रो व्यवहारको समेत अहिले नेपाली आम नागरिकहरुले बिश्लेषण गरेका छन् । भारतले नाकाबन्दी गरेको छ तर नाकाबन्दीको आडमा नेपालको राष्ट्रियता गुम्ने खतरा भएका बेला नेपालको मान र सम्मान जोगाउनका लागि र देशमा देखिएको संकट समाधान गर्नका लागि चिनले सहयोग गर्ने प्रतिबद्धता देखाउँदा देखाउँदै अँझ भारत परस्त अभिव्यक्ति दिने केही नेता र नेतृत्वाहरुको पहिचान जनताहरुले विभिन्न संचार माध्यामहरुमा दिएको अभिब्यक्तिका आधारमै गरिसकेका छन् । यस्तो अवस्थामा आम नेपाली दाजुभाई दिदिबहिनीहरुले दशै जस्तो महान पर्वलाई फजुल खर्चमा होइन संयममीत भएर मनाउनतर्फ लाग्नुपर्ने देखिन्छ ।








