जनताको कर, राज्यकोषको दुरुपयोग गर्ने अधिकार कसैलाई छैन

देश संकटमा परेको कुरालाई बोल्न नसक्ने    राज्य संचालन गर्ने मुख्य पात्रहरुले अँझै देशलाई बरवाद गर्न खोजेका रहेछन् भन्ने कुरा अहिले एकपछि अर्को गर्दै बाहिर आउन थालेका छन । नाकाबन्दीले देशलाई संकट पारेका बेला नाकाबन्दीकै आडमा पक्षपोषण गरेर पुनः प्रधानमन्त्री बन्न पाउने दाऊ खोज्ने हाम्रो देशका नेताहरुमा अँझै राष्ट्रियता पलाएको देखिदैन । कमसेकम भारतले घुमाऊरो रुपमा फसाँईरहँदा समेत एक सब्द बोल्न नसक्ने केही नेताहरुको हरेक चत्रिकला नेपालका आम नागरिकहरुले बिश्लेषण गरेर बसेका छन् ।
आफ्नो पद सकिने बेला भयो भन्दै प्रधानमन्त्रीले राज्य कोषको ढुकुटी जथाभावी रुपमा बितरण गर्नुले स्पष्ट देखिएको छ । नेपाल र नेपाली जनताहरुका लागि भन्दा पनि आफ्ना नातेदार पाएक पर्नेहरुका लागि बढी चिन्तन र मनन हुने नेताहरुको चलनले देश झनै संकटमा पर्दैछ भन्ने कुरा । भूकम्पबाट पिडित भएका नागरिकहरुले राहत पाउन सकेका छैनन् , अहिलेसम्म उचित बासस्थानको व्यवस्थापन भएको छैन तर करोडौं रकम जनताले तिरेको करको दुरुपयोग गर्ने अधिकार न प्रधानमन्त्रीलाई हुन्छ न अन्य कोही नागरिकलाई यस्तो कुराहरुको पनि अहिले जनताहरुले मुल्याँकन गरिरहेका छन् ।
देशमा पेट्रोलियम पदार्थ भित्राउनका लागि गर्नुपर्ने प्रयासहरु अवको नयाँ बन्ने सरकारले स्पष्ट खाका बनाएर आगमी दिनहरुमा यस्ता संकटबाट सधाका लागि मुक्त गर्ने अभियान थाल्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार