नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ सँगै देशभरका तुईनलाई बिस्थापित गर्ने सरकारले गरेको पहिलो निर्णय निकै सकारात्मक देखिएको छ ।
शपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन । नयाँ मन्त्रिपरिषदमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार दुई उपप्रधानमन्त्री रहेका । एमालेबाट अग्नि खरेल (कानुन), सोमप्रसाद पाण्डे (उद्योग), सत्यनारायण मण्डल (विनाविभागीय), एमाओवादीबाट हरिबोल गजुरेल (कृषि) र राप्रपा नेपालबाट रामकुमार सुब्बा (विनाविभागीय) छन । मुलुक संकटमा परेका बेला ३८ औं प्रधानमन्त्रीका रुपमा निर्वाचित के.पी. शर्मा ओली लगायत सत्ता साझेदार दलहरुमा पद बाँडफाँडमा केही सामान्य समस्या उत्पन्न हुन सक्छ ।
पद बाँडफाँडको समस्यातर्फ हैन देशको संकट समाधानतर्फ अहिलेको सरकारको ध्यान जानुपर्ने देखिएको छ ।
हिजो गरिएका सत्ता साझेदारका केही सहमतीहरु तलमाथि हुन पनि सक्ने संकेत देखिएको छ किनकी तराईमा आन्दोलनमा लागेको दल समेत सरकारमा सामेल भएपछि यसले पनि मुलुकको संकट समाधानमा केही नयाँ बाटो खुल्ने संभावना देखिएको छ।
अव पदको भागवण्डामा देखिने सामान्य असहमतीलाई थाँती राखेर जनताहरुले निकै आशा र भरोसा गरेको अहिलेको सरकारले तत्कालै समस्या समाधान र मुलुकको आर्थिक उन्नतीतर्फ लाग्नुपर्ने देखिएको छ।








