हिन्दु धर्मावलम्बीहरुको महान पर्व बिजया दशमीको रौनक बढीसकेको छ । दशैलाई बिशेष गरे ठुलावडाहरुबाट आर्शिवाद लिने, घर परिवाभन्दा बाहिर गएका सबै एकै ठाउँमा जम्मा भएर टिका र जमरा लगाउने प्रचलन सँगै असत्यमाथि सत्यको बिजय भएको दिनको रुपमा लिने गरिन्छ ।
यस्तो महत्वपुर्ण बिशेषता बोकेको दशै पर्व सँगै नेपाल र नेपालीहरुले पनि अहिले बिजय प्राप्त गरेका छन् । करिव ६५ बर्ष लामो संघर्षपछि बल्ल संविधान जारी गरिएको छ । नेपाल र नेपालीहरुको भाग्य निर्धारण गर्न नदिने नेपालमाथि भिन्न भिन्न दृष्टिकोण बोकेका छिमेकीहरुका कारण अहिले आम नेपालीहरुले दुःख पाएका छन् । आफ्नो देशलाई स्वतन्त्र बनाउने अभियानलाई अंगालो हाल्दै नेपालमा जारी गरिएको संविधान र उक्त संविधानको संस्थागतका लागि संविधान निर्माण पश्चात निर्वाचित पहिलो प्रधानमन्त्री बनेका के.पी.शर्मा ओली सँगै सत्ता सहकार्य गरेका एमाओवादी, राप्रपा नेपाल र केही मदेशी शक्तिहरुले अवको नयाँ नेपाल निर्माणका लागि छात्ती चौडा गरेर अगाडी बढ्नुपर्ने देखिएको छ । नेपाल र नेपालीमाथि भएको अन्याय र अत्याचारका बिरुद्ध लड्का लागी अहिलेको सरकार सँग धेरै चुनौतीहरु देखिएका छन् यि सवै चुनौतीहरुलाई चिरफार गरेर अगाडी बढ्नुपर्ने देखिएको छ । मदेशबादी दलहरुको आन्दोलनको बिषयलाई लिएर पनि देखिएका समस्या समाधान गर्न यो सरकारलाई चुनौती छ । छिमेकी मुलुकले देखाएको नाकाबन्दीमाथि चुनौती गर्दै अन्य मुलुकहरुबाट समेत जनताका आवश्यकता पुरा गर्नुपर्ने देखिएको छ । नवदुर्गा भवानीको आर्शिवाद सँगै अहिलेको सरकारले चुनौतीको सामाना गर्दै बिजय हाँसिल गर्नुपर्ने देखिएको छ । यि सवै कुराहरुलाई ख्याल गर्दै दशैलाई आम नेपालीहरुले सुखद दशैका रुपमा रुपान्तरण गरेर अगाडी बढ्नुपर्ने देखिएको छ ।








