शुभ रहोस् दशैं

       सत्ता आफ्नो भएन भन्दैमा गुनासो गर्नेहरुको पछाडी लाग्नुपनि छैन । शासन आफ्नो हातमा आएको भन्दै मात्तीनेहरुको अगाडी लाग्नुपर्ने अवस्था पनि देखिएको छैन । देश निकै पिडादायी अवस्थामा भएको बेला सरकारसँग तेल माग्नु नागरिकले नबुझेको जस्तै   हुन्छ । देश डुवाउने लेण्डुपहरुका आँखाहरु बल्ल खुल्दैछन् । राष्ट्र र    राष्ट्रियताको बिगुल फुक्ने बेलामा दशै जस्तो महान पर्व परेको छ ।
देशले केही फड्को मार्छ कि भनेर आशा गर्ने तपाँई हामी सवैले अव बुझ्नुपर्ने देखिएको छ । देश संकटमा परेको छ, देशको लागी मुठीदान गर्नुपर्ने अवस्था आएपनि अगाडी बढ्नुपर्ने बेला आएको छ । त्यसैले आम नागरिकहरुले यसपालिको दशैमा धेरै चिन्ता लिनुभन्दा पनि   राष्ट्रियताको बारेमा धेरै चासो लिनुपर्ने र गाउँ गाउँमा बहस चलाउनुपर्ने देखिएको छ । सरकारमा बसेकाहरु वा बाहिर बसेकाहरु सवैलाई सचेत गर्नुपर्ने देखिएको छ । देश हाम्रो हो, नेपाल हाम्रो हो । नेपालीहरुको नेपाललाई कुनै न कुनै बाहनामा समस्याग्रस्त बनाउँदै एकपछि अर्को गर्दै सिक्किमीकरण हुनबाट जोगाउन दुर्गा माताले सबै नेपालीहरुमा उमंग र उत्साहसँगै अन्यायसँग लड्न सक्ने शक्ति प्रदान गरुन भन्दै आम  नागरिकहरु सबैलाई हार्दिक शुभकामना व्यक्त गर्नुपर्ने बेला आएको छ ।  दशैलाई आफ्नो क्षमतासँग तुलना गर्नुपर्ने बेला आएको छ । आफुभन्दा माथिल्लो बर्गको देखासिकी भन्दा आफुसँगैका आफन्तहरुले गरेका राम्रा कामहरुको अनुशरण गर्दै अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको छ । कतै नाका धेरै भएर समस्या बनेको छ हाम्रो देश कतै नाका खुल्नै नदिएर समस्यामा पारिदैछ हाम्रो देश यस्तो अवस्थामा सबै हिन्दुधर्मावलम्बिहरुले सुखद रुपमा दशैलाई मनाउनुपर्ने बेला आएको छ । आम पाठक र शुभचिन्तकहरुलाई बिजाय दशमीको शुभकामना ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार