तराईका केही नेताहरु नेपालको आन्तरिक समस्या भन्दा पनि अरु कसैको इशारामा नाँच्दै थालिएको आन्दोलनका कारण मुलुकमा पेटूोलियम पदार्थ सँगै अन्य खाद्यान्न लगायतका बस्तुहरुको चरम संकटमा परेको छ ।
चरम संकटको समाधान गर्ने बिभिन्न उपायहरुको खोजी सरकारले मात्र गरेको छैन । आम नागरिकहरु आफैले पनि संकटबाट बच्ने बिभिन्न उपायहरुको बारेमा खोजी गरिरहेका छन ।
नेपालको सरकार संचालनको अनुभव सम्हालेका यो भन्दा अगाडीका जो सुकै प्रधानमन्त्रीहरुले नेपाल र नेपालीहरुमाथि भारतले अन्याय गरेको खण्डमा बिकल्पको रुपमा गरिने क्रियाकलापहरु के हुनपर्दछ भन्नेमा कुनै चिन्ता र चासो नदेखिएको भएपनि बर्तमान सरकारले बिभिन्न नाकाहरु खोल्नेदेखि तेस्रो मुलुकबाट समेत ईन्धन ल्याउने बिषयमा निकै गम्भिर चासो र चिन्ता सँगै आम नागरिकहरुले समेत आत्मनिर्भर हुने कुरालाई प्राथमिकताका साथ अगाडी बढाउन थालेपछि भारतप्रति आम नागरिकहरुको बुझाईमा भिन्नता आएको छ ।
दश बर्षे जनयुद्धको पिडासँगै परिवर्तन भएको नेपालको राजनीति र नेपाली नागरिकहरुले चरम द्धन्द्ध, शाही सासन काल, लोकतान्त्रीक गणतन्त्र, भूकम्प मात्र हैन संविधान जारी भएसँगै भारतले लगायको अघोषित नाकाबन्दीको समेत सामना गर्न सक्ने क्षमता राखेका छन् । राष्टिूयता, राष्टिूय अखण्डता सँगै नेपाली हुनुमा गौरव गरिरहेका आम नागरिकहरुले पछिल्लो नाकाबन्दीको सामना गर्दै बहादुरी देखाउन सक्ने क्षमता समेत बढ्दै गएको छ ।
आम नेपाली नागरिकहरु सँगै सरकारले समेत आगामी पाँच बर्ष सम्मका लागि ठोस कार्यक्रम संचालन गरेर नेपाललाई आत्मनिर्भर बनाउने अभियान थाल्नुपर्छ र उक्त अभियानमा सारा नेपालीहरुले साथ र सहयोग गर्नुपर्ने देखिन्छ ।








