भारतले लगाएको नाकाबन्दीका कारण नेपालमा उत्पन्न भएको संटक समाधानको निकै महत्वपुर्ण पक्षका रुपमा बुझिएको अर्को छिमेकी मुलुक चीन सँगको व्यापार सम्झौताका बारेमा अँझै ठोस कुरा बाहिर आउन सकेको छैन् ।
सरकारको जिम्मेवारी पाएका भन्दा सरकार संचालन गरिरहेका कर्मचारीहरुको मिलोमत्तोका कारण पनि चीनबाट हुने विभिन्न सम्झौताहरुमा अवरोध सृजना भैरहेको चर्चा परिचर्चा बाहिर आउने गरेका छन् । आपूर्ति मन्त्री गणेशमान पुन समेत एक्लै चीन जानुपर्ने बाध्यताभित्र आयलनिगमका कर्मचारीहरुले सकेसम्म भारतको पक्षपोषण गर्ने र सुचनाको चुहावट हुने खतराले मन्त्री पुन एक्लै गएको चर्चा चलेपनि अहिलेसम्म सरकारले ठोस काम गर्न नसकेको देखिएको छ ।
पेट्रोलियम पदार्थको आपुर्ती मात्र नभै सबै बस्तुहरुको सहज आपुर्तीका बारेमा सरकारले ठोस कामको सुरुवात गर्न थालेकोले केही ढिलो भएको बताईएको भएपनि पछिल्ला दिनहरुमा काममा निकै सुस्तता देखिएको भन्दै चीन सँगको नाका खोल्ने देखि व्यापार सम्झौता छिटो हुनुपर्ने माग आम नेपालीहरुले गरिरहेका छन् ।
नेपालबाट चीन गएको टोलीले छलफल जारी राखेको भन्ने मात्रै बाहिर आएको छ तेल र ग्यास आपूर्तिका लागि चाइना बाहेक अन्य कम्पनीहरुसित कुरा भएको सरकारले जानकारी दिएको भएपनि अन्य मुलुकहरुबाट अहिले सम्म सहज आपुर्ती हुन सकेको छैन् । केही दिन अघि भारतका एक मन्त्री चाईना पुगेर नेपाललाई सहयोग नगर्नु राम्रो भन्ने खाले सन्देश दिएर भारत फर्केको भन्ने बिभिन्न संचार माध्यामहरुमा आएको जानकारी अनुसार साँच्चै नेपाललाई अन्य छिमेकी मुलुहरुले समेत असहयोग गर्ने अवस्था आएमा हिजोदेखि राज्य सत्ता संचालन गरेका नेपालका शिर्ष नेताहरुले आम नेपालीहरु सामु माफि माग्दै राजनीतिबाट सन्यास लिनुपर्ने देखिन्छ । भारतले अहिले मात्र नभै बिगतदेखि नाकाबन्दी र विभिन्न अफ्ठेरो पारेका बेला किन यस अघिका प्रधानमन्त्री, मन्त्री लगायतले बिकल्प सोच्न सकेनन् ।








