दैलेखको पेट्रोल र सरकारको मौनता उस्तै भयो ?

    करिव दश बर्षदेखि दैलेखमा काम गर्ने संचारकर्मीहरुले मात्र हैन त्यो भन्दा अगाडीका दिनहरुबाट दैलेखमा रहेको पेट्रोलियम पदार्थ उत्खननका लागि जिल्लाका आम नागरिकहरु सर्वसाधारणहरुले समेत सबै सरकार प्रमुखहरुलाई गुहारे, तर केही पनि सुनुवाई नभएको दैलेखको पेट्रोलिय पदार्थको उत्खनन् कार्य मन्त्री आफैको स्थललगत निरिक्षणले  भने तदारुपता पाउने आशा गरिएको छ ।
“दैलेखको ज्वालाको बारेमा धेरै    जानकारी नभएका उद्योग मन्त्री सोमप्रसाद पाण्डेले खाली जमिनमा आफैले सलाई कोरेर आगो बालेपछि र पंचकोशी क्षेत्रका खोलाहरुमा वगेको पानी र त्यसमा निस्केको आगोको भुल्का देखेपछि निकै अचम्मित बनेका छन् । ”
सकारको नीति निर्माण तहमा निकै महत्वपुर्ण योगदान हुने भएकोले यसपालिको मन्त्रीको भ्रमणले जिल्लाका नागरिकहरुले धेरै आशा     गरेका छन् ।
भारतले लगाएको नाकाबन्दीका कारण मुलुकभर पेट्रोलियम पदार्थको चरम संकट      परेका बेला उद्योग मन्त्री सोमप्रसाद पाण्डे सहितको टोलिले दैलेखमा रहेको पेट्रोलियम पदार्थको स्थलगत अनुसन्धान गरेर मात्र नपुग्ने र त्यसको ठोस कार्य योजना ल्याउनुपर्ने       बारे  मन्त्रीलाई गुनासो गरेका दैलेखका तीन जना सभासहरुले अव मन्त्रीले गर्ने कार्य योजनाको बारेमा बारम्वार दैलेखी जनताको तर्फबाट खवरदारी गर्नुपर्ने देखिएको छ ।
खानी तथा भू गर्भ बिभागका बिशेष ब्यक्तिहरुले दिएको जानकारी अनुसार दश बर्ष अघिदेखि करोडौं रकम यसको अनुसंन्धानमा खर्च गरिएको भनिन्छ तर यसवारे पुर्ण बिवरण समेत नेपाल सरकारले आम नागरिकहरुलाई दिनुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार