नेपाल र नेपालीहरुको ६७ बर्ष पुरानो सपना साकार भएको नाउँमा अहिले छिमेकी मुलुक भारत र तराईको आन्दोलनको बाहना भित्र अँझै धेरै रहस्यहरु लुकेको आशंका गर्नुपर्ने बेला आएको छ ।
बल्ल बल्ल प्राधिकरण विद्येयक पास गरेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पुनः संविधान संशोधन हतारमा गर्न नहुने भन्न थालेको छ । आफैले संशोधन प्रस्ताव पेश गरेको भएपनि पुनः हतारमा काम गर्न नहुने भन्दै निश्कर्ष निकाल्न थालेपछि यसले पक्कै पनि फेरी सत्ता मोहको राजनीतिको सुभारम्भ भएको देखिन्छ भने छिमेकले समेत दिल खोलेर नाकामा सहयोग गर्ने अवस्था देखिदैन् ।
प्रधानमन्त्री हुनकै लागि महाकाली, देखि कोषी, गण्डकी लगायतका नदि नालाहरु बिक्रि गर्न बाध्य भएका नेपालका यसअघिका प्रधानमन्त्री र राजनेताहरुले नेपाल र नेपालीहरुको भाग्य र भविष्य भन्दा पनि आफु र आफ्नो पार्टीका लागि क्षणिक स्वार्थ सिद्ध गर्ने उपाय बाहेक अरु केही गर्न नसकेको देखिन्छ । तराईको आन्दोलन थामेका दलका नेताहरुले समेत अहिले संविधान संशोसधन भन्दा सिमाँकनको कुरा अगाडी उठाएर सहमती भाँड्ने काम बन्द गर्नुपर्छ र सवैलाई न्याय हुने बिकल्पको खोजी गर्नुपर्छ ।








