पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाऊ

वास्तवमा पत्रकारीता मानव समाजको भित्री आँखा हो, राज्यको चौथो अंगको रुपमा परिभाषित भएको छ ।  जसले सामाजिक मार्गनिर्देशनको पुरापुर जिम्मा पाएको हुन्छ । त्यसैकारणले  पनि पत्रकारितालाई राज्यको चौथो अङ्गको रुपमा   लिईन्छ । सुचनाप्रविधिको विकाससंगै पत्रकारिता र सञ्चारको क्षेत्रले  विश्वको विशाल भु–भागलाई समेत अहिले निकै साँघुरो पारिदिएको छ ।
संसारको कुनैपनि क्रियाकलाप हामी तत्कालै देख्न, सुन्न, बुझ्न पाउने भएका छौं । सुचना सम्प्रेषणको यस कार्यले मानवको जिवनस्तरमा समेत ठुलो हलचल पैदा गराईदिएको छ । यसरि विभिन्न तौरतरीकावाट निरन्तर सुचना प्रवाह गरी जनमानसलाई जिवन्त तुल्याएको आम संचार र पत्रकारितालाई विश्वमा मानव समुदायको परिवर्तनको संवाहकको रुपमा लिन सकिन्छ । यद्यपी सवै सञ्चारमाध्यमहरू निष्पक्ष, सत्यपरक यथार्थमा आधारित भएर समाचार सम्प्रेषण गर्नु पर्छ भन्ने मान्यतावाट प्रेरित देखिदैनन् । पत्रकारिताको परिभाषा, मान्यता, सिद्धान्त र जिम्मेवारिप्रति वफादार रहेर कार्य गर्ने सञ्चारमाध्यमको आजकल खडेरि जस्तै देखिन थालेको छ । संचार संस्था र संचार माध्याममात्र हैनन्   हरेक नागरिकहरुका लागी सुचनाको एक परिवर्तित मुहान हो । जसले सदैव निश्पक्ष सत्यताको साथमा रहेर विशुद्ध मनोभावनाले मानवसमाजलाई न्यायको सफलता दिलाउंछ । दुई विशाल र विकसित छिमेकी देशहरुको विचमा रहेको अल्पविकसित मुलुक नेपालमा प्रेस र पत्रकारिताको भुमीका झनै महत्वपुर्ण रहिआएको छ । यस्ता पक्षलाई शिघ्ररुपमा सुधार गराउनु पर्छ । पत्रकारको विल्ला भिरेर स्वतन्त्र पत्रकारिताका नाममा जथाभावि अनेकौं कपोल कल्पित समाचार सम्प्रेषण गरि सामाजीक सद्भाव विथोल्ने, व्ल्याकमेलिङ्ग गर्ने, हप्ता उठाउने, ठेक्का पट्टा गर्ने देखि धम्कीको धन्दा र चन्दा असुलीसम्मका अराजक कार्यहरू नेपाली समाजमा देखिएका छन् यस्ता कुराहरुलाई निर्मुल पार्न राज्य र आम सचेत नागरिकहरुले खवरदारी सँगै व्यवस्थित पत्रकारिता पेशालाई व्यवसायिक बनाउनु  जिम्बेवारी हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार