दैलेखका धेरै भू –भागहरुमा अहिलेपनि परम्परागत र उन्नत कृषि पेशा र व्यवसाय गरिदै आएको छ । तराईको जस्तो समथल भू भाग नभएपछि पहाडी र भिरालो जमिनमै कृषकहरुले आफ्ना उत्पादनहरु गर्दै आएका छन् । अन्य जिल्लाहरुमा किसानहरुले लगाएका बालीहरुमा सामान्य असर पर्दा सरकारले बिभिन्न राहतका कार्यक्रमहरु ल्याउने गरेको छ तर दैलेखका कृषकहरु बिगत धेरै बर्षदेखि खडेरी लगायतका समस्याबाट पीडित हुँदै आएका छन् तर किसानहरुको यस्तो समस्याको बारेमा अहिलेसम्म जिम्मेवार निकायहरुले कुनै थप कार्यक्रमको तयारी गरेको देखिदैन् ।
पुसको महिना बित्न लागी सक्दा समेत दैलेखमा पानी नपरेका कारण किसानहरुले लगाएको गहुँवाली सुक्न थालेको छ । कतिपय स्थानहरुमा उम्रेको गहुँ समेत पानी नपरेपछि सुक्दै जान थालेको छ ।
यो बर्ष उत्पादनका हिसावले कम्तिमा ५० प्रशितश उत्पादन घट्न सक्ने आँकडा गरिएको छ । मकै पछिको महत्वपुर्ण बालीको रुपमा मानिएको गुहँ वाली सिचाई नभएका स्थानहरुमा धेरै समस्यामा परेको छ । विगत पाँच महिनादेखि दैलेखमा पानी परेको छैन् ।
खोलाको पानीले सिंचाई हुने स्थानहरुमा जसो तसो गहुँ छरे पनि पाखो तथा भिरालो बारीमा पानी नपरेका कारण गहुँ नउम्रिने र उम्रिएपनि गराको विच भागमा खाली रहँदा यसपाली झनै खाद्यन्न समस्या पर्ने अनुमान गर्न थालिएको छ । यसरी समस्यामा परेका कृषकहरुको समस्या समाधान र सम्बोधनका लागि बिशेष व्यवस्था तथा रहातका कार्यक्रमहरु लागु गर्नुपर्ने देखिएपछि जिम्मेवार निकाय सँधै मौन बस्ने चलन कायमै छ ।








