समय अनुकुल र प्रतिकुल सँधै रहिरहन्छ । अनुकुल समयलाई मुनाफाको रुपमा बिकास गर्न सक्ने र प्रतिकुल समयमा सुरक्षित हुन सक्ने तरीका दैलेखका कृषकहरुलाई अहिलेसम्म सिकाईएको छैन् ।
जलवायु परिवर्तनको असर दैलेखमा देखिएको भन्दै बिगत ७ बर्ष अघिदेखि स्थानीय र राष्ट्रिय संचार माध्यामहरुमा आएपश्चात जिल्लामा करोडौंको कार्यक्रम समेत लागु गरिएको छ । धेरै बर्षसम्म कृषकहरुले दुःख पाएपश्चात बल्ल बल्ल बाली विमाको कुरा कार्यान्वयन हुने अवस्थामा छ । अँझै पनि मौसम अनुकुल, प्रतिकुल र व्यवसाय अनुकुल र प्रतिकुलका बारेमा थाहा नपाएका कारण भर्खरै सुरु गरेका कतिपय कृषकहरु र व्यवसायिक रुपमै तरकारी, फलफुल र अन्न वालीमा लागेका कृषकहरु मर्कामा पर्दै आएका छन् ।
नारायण नगरपालिका ३ खुर्सानीबारिका कषकहरुलाई देखिएको समस्या वर्तमानको समिक्षामा निकै ठूलो हुनसक्छ तर दैलेखमै अदुवा प्रशोधन र अदुवाबाट निर्माण हुने मसलाजन्य सामानहरु निर्माण गर्ने सानो उद्योग भएको भए यहाँका कृषकहरु चिन्तित हुने अवस्था हुने थिएन् ।
अव कृषिमा करोडौं लगानी गर्नेहरुले उत्पादित बस्तुहरुको संभावनाको खोजी सँगै स्थानीय स्तरमा त्यसको प्रशोधन लगायतका औजारहरुमा समेत लगानी बढाउनुपर्ने र सरकारबाट सहुलियतमा ऋण लिन चाहेका कृषकहरुलाई ऋण लगायतमा सहयोग उपलब्ध गराउन जिम्मेवार निकायहरु अगाडी बढ्नुपर्ने बेला आएको छ ।








