आगामी दस वर्षभित्र दस हजार मेगावाट विद्युत् उत्पादन गर्ने र निर्माणाधीन आयोजनालाई तत्काल सम्पन्न गर्ने उद्देश्यका साथ सरकारले ऊर्जा सङ्कटकाल घोषणाको अन्तिम तयारी गरेको खबरले पक्कै पनि नेपालीहरुमा नयाँ आशा पलाउनु स्वभाविक मानिन्छ ।
चालु आवको अन्त्यसम्म निर्माण सम्पन्न हुने आयोजनालाई इन्धन निर्माण सामग्री तथा अन्य प्रशासनिक झन्झट कम गर्ने आव २०७३ र ७४ भित्र निर्माण सम्पन्न हुने आयोजनालाई थप सहजीकरण गर्ने कार्ययोजनाका साथ सरकार अगाडी बढेको कुराले दिर्घकालिन समस्या समाधानमा यो कदम निकै महत्वपुर्ण मानिएको छ ।
संभवत आजसम्म ऊर्जा सङ्कटकाल घोषणासम्बन्धी कार्ययोजना सार्वजनिक गर्ने तयारी सरकारले गरेको छ ।
ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार गरेर सरकार अगाडि बढ्ने र आगमी दिनहरुमा जस्तो सुकै सरकार परिवर्तन भएपनि यसलाई महत्वका साथ अगाडि बढाउने साझा अभियान थाल्न सके पक्कै पनि नेपालमा दिगो समस्या समाधानमा सहयोग पुग्ने देखिन्छ ।
आव २०७३÷७४ भित्र करिब एक हजार मेगावाट विद्युत् उत्पादन हुन सक्ने प्रारम्भिक अनुमान गरिएकोले पनि आगामी एक बर्ष भित्र नेपालमा उत्पादीत बिजुलीले धेरै बिद्युत अभावको समाधान हुने देखिएको छ । अर्कोतर्फ नेपाल भित्र रहेका पेट्रोलियम पदार्थहरुको उत्खनन् समेत तत्काल थाल्नुपर्ने देखिन्छ ।








