प्रधानमन्त्रीको भारत भ्रमण बिश्लेषण र सार्थकता

    लामो समयदेखि नेपाल र भारतवीच चिसिएको सम्बन्धमा केही सुधार भएसँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानेतयारीमा जुटेका छन् । नेपालको सवै खाले समस्यालाई नजिकबाट बुझेको मित्र राष्ट्रको रुपमा परिचित भारतको   औपचारिक निम्तो पश्चात नेपालका प्रधानमन्त्री भारत जान थालेका छन् ।
नेपालका नागरिकहरुले चुनेर पठाएका सभासदहरुले मुलुकको नयाँ संविधानको घोषणा गरेलगत्तै तराईमा देखिएको आन्दोलनलाई मुख्य बहाना बनाएर भारतबाट आउने सवै सामानहरुमा अघोषित नाकाबन्दीको असर देखियो । जसका कारण नेपाली जनताहरुले धरै दुःख र कष्ठ भोग्नु  परेको अवस्थाको आफैले मुल्याँकन  गरिरहेका प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई बिभिन्न बिश्लेषण गरिएको छ ।
प्रधानमन्त्रीलाई केही समय अघि हल्का रुपमा बिश्लेषण गरिएका सामाजिक संजालहरु यतीवेला प्रधानमन्त्रीले लिएको राष्ट्रियताको सवाल, अडान र निष्ठाको राजनीतिलाई पुनः फरक बुझाईबाट अगाडी बढेको देखिन्छ ।
नाका नखुलेसम्म भारत भ्रमण नजाने निधो गरेका प्रधानमन्त्रीले देखाएको अडानको अहिले उच्च बिश्लेषण  गरिएको छ । भ्रमणका क्रममा देशको राष्ट्रियताको समस्या पर्ने कुनैपनि काम नगर्ने प्रतिबद्धता गरेका प्रधानमन्त्रीको भारत भ्रमण पश्चात कस्तो बिश्लेषण गरिने हो त्यो भने हेर्न बाँकी नै छ ।
नेपाल र नेपालीहरु आत्मनिर्भर बन्ने खालका गतिविधिहरुमा सरकारले ध्यान दिन सके राम्रो हुने बिश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार