खेलाडीहरुका लागि दिगो योजना आवश्यक

    राष्ट्रिय अन्तराष्ट्रिय रुपमा निकै गौरवको बिषय बनेको खेल क्षेत्रमा नेपालले बिस्तारै प्रगती गर्दै गएको      छ । नेपालले एक महिनाको अन्तरालमा दुईवटा फुटबल उपाधि जितेको छ । खेलाडीहरु बधाईका पात्र बनेका छन् । केही समय अघि मात्र फुटवल खेल मिक्सिङ्ग गरेको आरोपमा नेपालका केही खेलाडीहरु कार्वाहीमा परेपनि पछिल्लो युवा टोलिले नेपालको नाम पुनः बिश्वमाझ चिनाउन सफल भएको छ ।
अव उपाधि बोकेर फर्केका खेलाडीहरुलाई दोसल्ला ओढाएर गरिने सम्मानले मात्र पुग्नेवाला देखिदैन् । खेलाडीहरु, खेल जीवनमा लागेकाहरुका लागि सरकार र अन्य निकायहरुले ठोस कार्ययोजना निर्माण गरि दिगो रुपमा खेल क्षेत्रमै जीवन बिताउन चाहनेहरुलाई  बिशेष व्यवस्था गर्नुपर्ने देखिन्छ ।
अहिलेको युवा टिमले ठूलो सम्भावना देखाएको छ । यसलाई फल्ने फूल्ने वातावरण दिनु सिंगो राष्ट्रको कर्तव्य हो । यात्रा भर्खर सुरु भएको     छ । उदाउँदै गरेका खेलाडीहरुलाई  फुटबलमा आफ्नो भविष्य सुनश्चित हुने वातावरण बनाउनका निम्ति       सरकार र निजी क्षेत्रलाई प्रेरणा मिलेको छ ।
नेपालमा ‘खेललाई पैसासित साट्नेहरु, टिमबाट गयल भइसकेको अवस्था छ । टिममा लडाकुहरु मात्र बाँकी छन । लडाकुहरुले कहिल्यै हार मान्दैनन, यही कुरालाई आत्मसाथ राखेर नेपाली खेलाडीहरु अवका दिनहरुमा खेल मैदानमा उत्रनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार