दैलेख चिनाउने अभियानको महामेला सडक र पर्यटनको माग राज्यले सुन्नुपर्छ

दैलेख ऐतिहाँसिक पृष्ठभूमिका हिसावले तत्कालिन २२ से २४से राज्य सुरु हुँदा देखिनै महत्वपुर्ण जिल्लाको रुपमा परिचित जिल्ला हो । तत्कालिन राज्यमा ३५ वटा जिल्लाको तालुक अड्डाको रुपमा दैलेखको गौडा दरवारको पहिचान अहिलेसम्म पनि कायमै रहेको छ । प्राकृतिक सौन्र्दयका हिसावले दैलेखले जती पाएको छ राज्यले यसको सुनुवाई गरेको छैन् । यहाँका नागरिकहरु समृद्ध दैलेख भनेर चिच्चाउन थालेको पनि बर्षौ बितिसकेको छ । राज्यका बिभिन्न निकायहरु सँग हार गुहार गरेको पनि बर्षौ बितिसकेको छ ।
अहिलेसम्म राज्यले ठोस नीतिभित्र राख्न नसकेको दैलेखले यसपालीको महोत्सवमा राज्यको सर्वोच्च निकायको निकै महत्वपुर्ण व्यक्तिलाई अतिथिको रुपमा सम्मान गर्ने अवसर पाएको छ । दैलेखका आम नागरिकहरुका लागि यो अहोभाग्य हो भन्दा फरक पर्दैन ।
बिकासको मुल प्रवाहमा जोडिने पहिलो कुरा सडक रहेछ भन्ने कुरा दैलेख लगायतका दुर्गमका नागरिकहरुले थाहा पाएका छन् । यातायातको स्थायी पुर्वाधार निर्माण नभएसम्म दैलेखको कृषि, पर्यटन लगायतका अन्य बिभिन्न बिषयहरु ओझेलमा पर्ने भएकोले यसपाली राष्ट्रका बिशिष्ट व्यतित्व उपराष्ट्रपतीलाई दैलेखमै पाएका दैलेखका नागरिकहरुले सुर्खेत हुँदै दैलेख सदरमुकाम भएर महावु जुम्ला सडकको २ लेन पक्कि सडकलाई पहिलो माग राखेका छन् । सडक पक्कि भएपश्चात दैलेखलाई पर्यटकीय क्षेत्र घोषणा गर्न राज्य बाध्य हुनेछ यही आशा र अपेक्षा सँगै दैलेखका नागरिकहरुको यो मागलाई राज्यले पक्कै गम्भिर भएर सम्बोधन गर्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार