महोत्सब सफल

बैशाष १७ गते देखी दैलेख सदरमुकाममा सञ्चालन भएको मध्य पश्चिम क्षेत्रिय औद्योगिक पर्यटन ,कृषि तथा ब्यापार मेला, दैलेख महोत्सव २०७३ समापन भएको छ । दैलेख जिल्लाको पर्यटकिय क्षेत्रहरुको विकास, कृषि उत्पादन, लगाएतका उदेश्य राखेर सञ्चालन गरिएको महोत्सब समग्रमा सफल भएको आयोजक समितिले भनाई छ ।
जिल्लालाई पर्यटकीय कृषि एवं दैलेख सदरमुकाममा कृषि संकलन केन्द्रको रुपमा विकास गर्ने , दैलेख सदरमुकाममा सिसी क्यामरा जडान गर्ने, शव बाहनको व्यवस्थापन लगाएतका लक्ष्यहरु महोत्सबले राखेको थियो ।
आयोजकले राखेको उदेश्य अनुसार महोत्सब सफल रह्यो । महोत्सवमा करिब ३ करोड २० लाख बराबरको कारोबार गरेको    छ । आयोजकका अनुसार १० दिनसम्म सञ्चालन भएको महोत्सवमा करिव १ लाख २० हजार दर्शकले अवलोकन गरे । महोत्सवमा १ सय ७२ वटा व्यवसायिक स्टल राखिएको थियो । जसमा दैलेख, सुर्खेत, कालिकोट, जुम्ला जिल्लामा उत्पादित कृषि उपज बस्तुहरु, बाहिरी जिल्लाबाट ल्याइएका विभिन्न सामानहरुको खरिद बिक्रीमा राखिएको थियो ।
दैलेखको पर्यटन विकासलाई प्रवद्र्धन गर्ने र कृषि तथा लघु घरेलु उद्यम विकासलाई समृद्ध बनाउ यो महोत्सबले सहयोग गर्ने   छ ।
दैलेख सदरमुकाममा सिसि क्यामरा जडान, शव बहान को व्यवस्थापन, सदरमुकाममा कृषि संकलन केन्द्र निर्माण लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नमा यो महोत्सब पछिको उदेश्यहरु सफल गराउन मद्धत पुग्ने आशा गरिएको छ ।
महोत्सब सञ्चालन गर्नमा विभिन्न कठिनाईहरुका बाबजुत पनि आयोजक समिति लगाएत महोत्सब लाई सफल पार्नको लागी अथक प्रयास गर्ने व्यक्तित्वहरु को कारण महोत्सब सफल हुन पुग्यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार