कला सँस्कृति जोगाउन चाहे सरकारी बजेट कुर्नु पर्दैन्

दैलेख जिल्ला कला र सँस्कृतिको धनी जिल्लाको रुपमा चिनिन्छ । दैलेखको कला सँस्कृति र यहाँको ऐतिहाँसिक पहिचान उठाउनका लागि सरकारी निकायहरुले त्यती धेरै चिन्ता र चासो दिएको देखिदैन् । जिल्ला बिकास समिति मार्फत २०६६ सालमा संचालन गरिएको दैलेख महोत्सले दैलेखको कला सँस्कृति र यहाँको ऐतिहाँसिकताको पहिचान गराउन महत्वपुर्ण भूमिका निर्वाह गरेको पाईन्छ । हजारौं मुर्ती, देवल सँगै ज्वाला बल्ने स्थान भएको दैलेख जिल्लाका जिल्ला बाहिर र नगरपालिका भित्रका कला सँस्कृति संरक्षणका लागि राज्यको ध्यान पुग्न सकेको छैन् । स्थानीय निकायहरुले खुलेर सहयोग गर्न सकेका छैनन् ।
जिल्लामा सयौं बर्ष पुराना मन्दिरहरु अहिलेपनि निर्माण हुन सकेका छैनन् स्थानीय बासिन्दाहरुको संरक्षण प्रति कम चासो भएकाले पनि सुधारका लागि गरिएका कतिपय सामान्य प्रयासहरु समेत असफल भएका छन् । ठूला योजनाहरुमा सरकारको मुख ताक्नु स्वभाविक भएपनि जिल्लामा रहेका अन्य कला र सँस्कृति जोगाउनका लागि भने सरकारी बजेटकै मुख ताक्नु नपर्ने उदाहरण ध्रबतारा सामुदायिक एफ एमले दिएको छ । कला सँस्कृतिका नाममा खुलेका कतिपय संस्थाहरुले लाखौं रकम खर्चको बिवरण देखाएर काममा कुनै प्रगती गर्न नसकेका बेला ध्रबतारा सामुदायिक एफ.एम.ले कसैको सहयोग नमागेरै कला सँस्कृति जोगाउने अभियान हरेक बर्ष चलाएको छ ।
दुर्गम गाउँ बस्तिमा लुेकका प्रतिभाहरुको खोजी गर्दै त्यस्ता कलाकारहरुलाई जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय स्तरसम्म पहिचान गराउन गरेको कार्य निकै सकारात्मक कार्य हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार