नगरपालिका नगर उज्यालो रजगेडा कोष

नारायण नगरपालिका स्थापना भएको १९ बर्ष पुग्नै लाग्दा नगर भित्र नगरबत्ती भिलीमिली पार्ने अभियान सुरु भएको छ । त्यो पनि एउटा मात्र बत्ती बालिएको छ अरु बत्ती बाल्ने काम भएको छैन् । समिति नै चारवटा बनेका छन् कुनै एक समितिले मात्र बदमासी गर्र्यो वा तलमाथि गर्यो भने सवैको काममाथि प्रश्न उठ्न सक्ने खतरा पनि त्यतीकै देखिएको छ । तर अहिलेसम्म राम्रो कामको सुरुवात भएको देखिएको छ ।
गाउँका ४ भन्दा बढी वडाहरुमा अहिलेपनि बत्ती पुग्न सकेको छैन् । कतिपय वडाहरुमा बत्तीको पोल छ तार छैन कतिपयमा तार छ , बत्ती छैन् । गरिव जनताहरुले निशुल्क मिटर पाएको नाममा घरमा लगेर मिटर राखेका छन् । बत्ती नबालेरै रकम तिर्नुपरेको गुनासो स्थानीयको छ । विद्युत कार्यालयले समेत लापरवाही गरेका कारण स्थानीयहरु मर्कामा पर्दै आएका छन् ।
नारायण नगरपालिका दैलेखले बिगत धेरै बर्षदेखि संचालन गर्दै आएका विभिन्न बिकास योजनाहरु मध्ये जगेडा कोष अन्तरगतका बिकासहरुमा भने साना ठूला लापरवाही नियमित हुने गरेका छन् । विगतको तुलनाहरुमा यो बर्षको जगेडा कोषमा केही प्रगती हुने देखिएपनि अँझै चारवटा जगेडा कोषका योजनाहरु पुरा हुन सकेका छैनन् ।
नारायण नगरपालिका दैलेखले संचालन गर्ने हरेक जगेडा कोष अन्तरगतका बिकास योजनाहरुमा सुरुवात देखिनै ध्यान दिन सक्यो भने पक्कै पनि दिगो बिकास सँगै नगरको कामले मुर्त रुप लिन सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार