बिशेष क्षेत्रको टुँगो अहिल्यै लगाउनुपर्छ

सरकारले सुरु गरेको सिमाँकनको अभियान अन्तरगतका कामहरुको प्रगती हुने क्रम बढेको छ । दैलेखमा करिव एक महिना लामो छलफल र बहस पछि सिमाँकनको टुँगो लागेको छ । सिमाँकन टुँगाउँदा कतिपय राजनीतिक प्रभाव, व्यक्तिगत फाईदा वा अन्य बिषयहरुको प्रवेश भएको भएपनि अन्ततः सवैलाई न्यायोचित रुपमा सिमाँकनको कुरा टुँगाईएको छ । यो महत्वपुर्ण पाटो हो । राजनीतिक दलहरुका आ–आफ्ना अडानहरु केही हदसम्म छोड्ने प्रक्रियाको सुरुवात सँगै जिल्लामा पनि सिमाँकनको कुरा मिलेको छ । नगरपालिका भित्र गाभिएका काँशिकाँधको दुर्गम वडाका नागरिकहरुलाई केही असहजता हुने बारेमा पनि लामो बहस भएको थियो । सिमाँकन सँगै हरेक गाउँ पालिका वा नगरपालिका भित्र बिशेष क्षेत्रको व्यवस्था मिलाउनुपर्ने, धर्म सँस्कृति र परम्परागत रुपमा हुने विभिन्न साँस्कृतिक महत्वका पर्वहरुलाई बिशेष प्राथमिकता दिनुपर्ने । अल्पसंख्यक, दलित, जनजाती लगायतका वर्गहरुका लागि पनि बिशेष स्थानहरु र सम्मानहरु दिनुपर्ने चर्चा समेत जिल्लामा चलेको छ । ८ वटा स्थानहरुका पायक पर्ने केन्द्रदेखिका दुर्गम ठाउँहरुलाई अहिलेदेखिने बिशेष क्षेत्रको रुपमा विस्तार गर्ने अभियान थाल्नुपर्दछ । सिमाँकनका बेलामा कुनै नयाँ गाविसहरु जोडिएका छन् त्यस्ता गविसहरुको रहन सहन र रितिरिवाजलाई महत्वका साथ समावेश गरिएको कुरा जिल्लाका राजनीतिक दलहरुले भन्दै आएका छन् । भौगोलिक हिसावले दैलेखका बिभिन्न दुर्गम क्षेत्रहरुलाई अहिलेनै बिशेष क्षेत्रको रुपमा घोषणा गरि राज्यले दिनुपर्ने सेवा सुविधाहरुलाई पनि सोही अनुसार अगाडी बढाउन समितिले सिफारिस गर्नुपर्ने देखिन्छ । बिशेष क्षेत्रको बिकासका लागि स्थानीय राज्यले पनि पहिलो प्राथमिकता दिने बातावरण तयार गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार