दशैं सुरक्षा सँगै मुस्कान सहितको सेवा प्रभावकारी बनाऊ

हिन्दूहरुको महान पर्व बिजया दशमी आउने दिनहरु नजिकिदै गर्दा हरेक स्थानहरुमा हुने विभिन्न घटनाहरुको बारेमा प्रहरीले विभिन्न खाले सुरक्षाका कुराहरुलाई अगाडी बढाएको छ ।
दशैमा देश विदेशमा रहेका मानिसहरु आफ्नो जन्म घरतर्फ फर्कने क्रम पनि तीब्र रुपमा अगाडी बढेको छ । असत्यमाथि सत्यको बिजयका रुपमा मानिएको दशैं पर्वलाई खुशीका साथ शान्ति सुरक्षाका साथ सम्पन्न गर्नका लागि सवै क्षेत्र तह तप्काले ख्याल गर्नुपर्ने देखिन्छ ।
स्थानीय नागरिकको सुरक्षामा खटिएका सुरक्षा कर्मीहरुलाई जनतासँग राम्रो व्यवहार गर्नुपर्दछ भनेर देशैभर मुस्कान सहितको सेवाको प्रारम्भ सँगै सम्पन्न भएको छ । यो बर्ष प्रहरी मेरो साथि अभियान समेत सुरु भएको छ । जिल्लामा बेला बेलामा बिभिन्न सुरक्षाका लागि खटिएका प्रहरीहरुले भने जनतालाई सुरक्षाको नाममा हैरानी दिने क्रम अँझै राकिएको छैन् ।
कुनै व्यक्तिले आफ्नो परिचय दिँदा गल्ति गर्दा पनि छुट दिने र सोझा स्थानीय नागरिकहरुलाई सुरक्षाको नाममा थर्काउने काम प्रहरीले गर्नु पक्कै पनि राम्रो काम होईन् । बिशेष गरेर सवारी साधनहरुको चेक जाँचका क्रममा प्रहरीले गर्ने व्यवहार अँझै सुधार हुन सकेको देखिदैन् । सदरमुकाम भित्रै बसोवास गर्ने कतिपय व्यक्तिहरुले हतारमा छोटो यात्रा गर्दा कागजपत्रहरु नबोकेको पनि हुन सक्छन् यस्ता कुराहरुको ख्यालै नगरि प्रहरीले एकतर्फी रुपमा जरिवाना र कारवाही गर्ने अभियान राज्यको नीति अनुसार राम्रो कुरा होला तर कतिपय व्यवहारिक कुराहरुका लागि भने यस्तो गतिविधिले समस्या उत्पन्न हुन सक्ने देखिन्छ ।मुस्कान सहितको सेवा भावलाई कुल्चेर कतिपय प्रहरी जावानहरुले स्थानीयलाई गरिने व्यवहारमा सुधार गर्नुपर्ने देखिन्छ । जवसम्म तल्लो तहसम्म प्रहरी मेरो साथि भन्ने अभियान पुग्दैन तव सम्म यस्ता कार्यहरुको प्रभावकारीतामा समस्या हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार