जंगलमा खेर गएका बस्तुहरुको उपयोग रबजारीकरण आवश्यक

“माल पाएर पनि चाल नपाएपछि समस्या हुँदो रहेछ ” । यस्तो उखान दैलेख घुम्न आउने पर्यटकहरुले धेरै उच्चरण गर्ने गर्दछन् । दैलेखको पर्यटनको एउटा प्रसँङ्ग मात्र हैन दैलेखका जंगलहरुमा खेर गएका विभिन्न कच्चा पदार्थको बारेमा समेत अपयोग र यसको बजारिकरण बारे जानकारी नभएका कारण लाखौं आम्दानी गुमेको छ । यसको जल्दो बल्दो उदाहरण बनेको छ जंगलको सिस्नो , जंगलको लोक्ता र जंगलको अल्लो ।
जंगलमा हिड्दा चिल्छ भनेर झारी फाँड्दै हिड्ने हाम्रो समाजको चलन अहिले अलिकति भएपनि फेरिएको छ । किनकी त्यही जंगलको सिस्नोमा प्रशस्त भिटामिन ए पाईदो रहेछ भन्ने जनचेतना फैलिएसँगै र यसको प्रशोधन गरेर लाखौं आम्दानी लिन कृषकहरु सफल हुन थालेपछि अहिले सिस्नो प्रशोधन र बजारीकरणको कुरा चर्चामा आउन थालेको छ ।
सिस्नो मात्र हैन् , जंगलमा पाइने लोक्ता कागजलाई प्रशोधन गरेर दैलेखको पहाडी कागज अहिले बिदेशसम्म पुग्न सफल भएको छ । जंगलमा खेर गएको अल्लो प्रशोधन गरेर मनग्य आम्दानी लिन केही सिमित कृषकहरु सफल भएका छन् तर अँझै पुराना कृषकहरुलाई आधुनिक स्तरको तालिमको आवश्यकता छ भने नयाँ सुरु गरेका साना उद्यमीहरुलाई तालिम, औजार सँगै उनीहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरण आवश्यक देखिएको छ ।
दैलेखमा प्रशोधन गरिएको सिस्नोको धुलो र अन्य परिकार काठमाण्डौं देखि बिदेश सम्म महंगोमा बिक्रि हुने गरेको छ । भवानीका कृषक शेर बहादुर बोगटीले जंगलको सिस्नो प्रशोधन गरेर आम्दानी लिन सुरु गरेपछि अहिले दैलेखको छातीकोटका महिलाहरु समेत समुहमा सिस्नो प्रशोधन गर्न सुरु गरेका छन् । यस्ता जाँगर देखाएका साना कृषकहरुलाई सम्वन्धित निकायहरुले अँझै प्रोत्साहन र आवश्यक तालिम र औजार जस्ता कुराहरुको सहयोग गर्नुपर्ने र जिल्लाभर यो अभियान थाल्नुपर्ने आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार