दैलेखको बारेमा चिन्ता र चासो राख्ने धेरै व्यक्तिहरु मध्येवाट बेला बेलामा निराशाका भावहरु सुन्न पाइन्छ । विज्ञहरु अनि जिल्लाको लागि केही गर्नुपर्छ भन्नेहरुलाई जिल्ला बस्न नसक्ने बतावारण बनाउने चलन रहेको भन्दै गरिएको बिश्लेषणलाई कसरी बिश्लेषण गर्ने यो अर्को बिश्लेषणको पाटो रहन्छ । दैलेखमा धेरै पढेका, विश्लेषकहरु र अन्य पक्षबाट अगाडी बढेकाहरु किन लामो समयसम्म दैलेख बस्न सक्दैनन् यसलाई चिन्ता गर्ने व्यक्तिहरुले बिश्लेषण गर्नुपर्ने बेला आएको छ ।
जसले सकारात्मक सोच गरेर जिल्लाको भाग्य र भविष्य निर्धारणका लागि सकारात्मक कामहरुको थालनी गरेको हुन्छ । त्यस्ता व्यक्तिहरुले गरेका कार्यहरुलाई वर्ग दुस्मन, पार्टी पंतीमा नमिल्ने मान्छे वा पार्टी भित्रै पनि लाईन नमिल्ने मान्छे । आफ्नो दलसँग आवद्ध नभएको मान्छेकै नाउँमा उसका सकारात्मक कामहरुलाई कुल्चिने र उढाउने चलनको अव जिम्मेवार सवै नागरिकहरुले बन्द गर्नुपर्ने बेला आएको छ । एउटा सक्षम ब्यक्तिले ल्याएका रचनात्मक र सकारात्मक कामहरुलाई अगाडी बढाउन सबैको साथ र सहयोग भयो भने मात्रै दैलेखको बिकास सकारात्मक सोचले अगाडी बढ्ने देखिन्छ । ऐतिहासिक तथा धार्मिक दृष्टिकोणबाट दैलेख दधिची नामका ऋषिले तपस्या गरेको अत्यन्त पवित्र भूमि अर्थात् पञ्चकोशी नामले परिचित छ तर पछिल्ला दिनहरुमा जिल्लाले गर्नुपर्ने हरेक बिकास गतिविधिहरुमा निकै सुस्तता छाएको छ । दैलेख भूमि प्रकृतिद्वारा नै निर्मित पर्यटकीयस्थल हो । यस्तो स्थानलाई हामी दैलेखबासी अर्थात् दैलेखी भूमिमा जन्म दिएर कर्मथलो देश तथा विदेश बनाउनेहरु अझ भनौं विविध विषयमा विशेषज्ञता हासिल गर्नेहरु अर्थात हामीहरु कति आफ्नो जन्मभूमिप्रति जिम्मेवार भयौ ? के, कति महत्व दिइराखेका छौ ? लेखक तथा अधिवक्ता सुरेन्द्र अधिकारीले कात्तिक १ मा धमाका दैनिकमा प्रकाशित लेखले धेरै कुरा अवगत गराएको छ । अव दैलेख जिल्लाको ऐतिहाँसिक, राजनीतिक, प्राकृतिक संम्पदाको बिकास गर्नका लागि सकारात्मक सोचको बिकास गर्नुपर्ने देखिन्छ ।








