कटर अर्थात् कटहर । कतै कटहल पनि भन्ने गरिन्छ । नाम जे भनेता पनि यो फल चाहिं रुख कटहर हो । अंग्रेजीमा यसलाइ Jackfruit भन्छन् । बहुउपयोगी यो फलकांचोमा तरकारी खान र पाकेपछि फलको रुपमाप्रयोग हुन्छ । तरकारी राम्रोसंग बनाउन जानेमा मासु जस्तैे हुने र फलपाकेमा केरा जस्तो मिठो हुने यो फललाइ मन नपराउने कमै होलान् ।
त्यति बहुगुणी फलसंग मेरो भने तितो अनुभुति रहेको छ । वि.सं. २०५९ सालअसार महिना तिरको कुरा होला । मेरो पहिलो सन्तान छोरी त्यस्तै ६÷७ महिनाकी थिइन् ,उनकी आमालाइ कटरको तरकारी खान मन लागेछ । पसलबाट कटर ल्याइदिनु भनेपछि मैले ल्याइदिएं । खाना पाक्यो, हामीले त्यो दिन बिहानको खाना खायौं । छोरीको अन्नप्राशन (First feeding) भैसकेको भएतापनिहामीले छोरीलाइ सो तरकारी नखुवाए जस्तो लाग्छ , साह्रो हुन्छ भनेर । तर दुधचुस्ने बच्चालाई आमाले जे खायो , त्यसको प्रत्यक्ष असर पर्दोरहेछ ।
धेरैजसो मस्त सुत्ने र ब्युझेपछि मुसुक्क हांस्ने हाम्री छोरी भोलीपल्ट देखि रुन थालिन् । आमाचांहीले खाएको तरकारीले छोरीको पेट दुखेछ । बोल्न सक्ने उमेर नभएकोले उनलाइ कहाँ पिडा भएको हो , हामीले अनुमान पनि गर्न सकेनौं । छोरी रोइरहेकीले बिहानको खाना खानु अघि नै बजार गएर मेडिकलबाट मैले औषधिलिएर आएं । औषधिको बाहिरी बट्टामा लगाइदिएको चिन्ह अनुसार औैषधि खुवायौं तर हाम्रो अपेक्षाविपरित कमहुनुको साटो छोरीको रोदन् बढ्दै गयो । छोरी रोइरहेकीले मलाइ खानाको कुनै स्वाद र औचित्यभएन । अबेरसम्म प्रतिक्षा गरियो तर छोरीको रोदन् पल् पछि पल् बढ्दै गयो । दिन ढल्यो , सांझ पर्यो , अँधेरीले सारा संसारलाइ लपेट्तै ल्यायो । वातावरण शुनशान् थियो, वरपर सबै सुते होलान् , तर हामी सुत्न सकेनौ । त्यो रात निद्रादेवी हामीलाइ छुन आइनन् । हामी रातभर जाग्राम बस्यौं, छोरीको चिन्ताले । मैले रातभर मनमनै पुकारीरहें, हे भगवान् , कुनै पिडा वा अन्य जुनसुकै दुख भए पनि मलाइ होओस् , छोरीलाइ केहीनहोस् । शायद् जुनसुकै बाबुले त्यस्तै सोच्छन् होला ।
हाम्रो सम्पूर्ण आत्मा छोरीको स्वास्थ्यमा केन्द्रित भैसकेको थियो । बिहान हुने बित्तिकै उनकी आमालाइ तयार हुन भनेर आफु पनि तयार भइ कत्ति समय खेर नफाली हामीले छोरीलाइ मेडिकल लिएर गयौं । त्यसपटक उहि व्यक्तिको स्वामित्वको अर्को मेडिकलमा लगियो र जिल्ला अस्पताल सुर्खेतमा कार्यरत मेडिकल अधिकृत डा. न्हुच्छेमान् डंगोलले छोरीलाइ जाँच्नुभयो । छोरीको पेट राम्ररी जाँची सकेर डा. डंगोलले औषधिको प्रेश्क्रिप्श नदिदै हामीलाइ पठाउनु भयो ।
औषधि किनेर बेर नलगाइ बिहान ९ बजेतिर हामी घर फक्यौं र छोरीलाइ औषधि खुवायौं । त्यसपछि हामीले पनि केहि पकाएर खायौं । सौभाग्यले दिनको १ बजेतिरबाट छोरी पिडाले चिच्याउन अलि कम गरिन् । हामीमा आशाको दियो बल्यो । मैले सन्तोषको सास फेरें । भोलिपल्ट हाम्री छोरीलाइ लग भग धेरै ठिक भयो । धन्यवाद् , डा. न्हुच्छेमान् डंगोल ज्यूलाइरु त्यसैले अनजानमा भएका एकाध घटना बाहेक बिरामी सहि समयमा पुगेको छ भने स्वास्थ्यकर्मी वा डाक्टर हाम्रा लागि इश्वरका प्रतिरुप हुन्छन भन्ने मेरो विश्वाश छ । तर त्यो फलवा कटर देख्नेबित्तिकै मलाइत्यो तीतो भोगाइको पिडाले घोच्छ । आजत्यो कटरको तरकारी खान खोज्ने दुधेबालक काखमा भएका जो कोहि बाबु आमालाइ होशियार हुन अनुरोध गर्दै यस पटकको लागि ल्यापटपबाट औंला हटाउने अनुमति चाहन्छु ।







